
इजिप्टको जलस्राेत तथा सिँचाइ मन्त्रालयले सोमबार सकिएको ग्रान्ड इथियोपियन रेनेसान्स बाँध (जिइआरडी) विवाद समाधानका लागि बसेको त्रिदेशीय बैठक निष्कर्षविहीन भएको बताएको छ।
इजिप्ट, इथियोपिया र सुडानबीच लामो समयदेखि चलिरहेको जिइआरडी विवादलाई लिएर इजिप्टको राजधानी कायरोमा आइतबारदेखि सुरु भएको वार्ता विनानिष्कर्ष सकिएको हो। इजिप्ट छिटोभन्दा छिटो बाँध सञ्चालन गर्न प्रयास गरिरहेको छ। इथियोपियाले इजिप्ट र सुडानको विरोधबीच २०२० मा बाँध सञ्चालन गर्न थालेको थियो।
अरू देशसँग सहमतिविना बाँध सञ्चालन गरेको भन्दै २०२१ देखि वार्ता हुन सकेको थिएन । इथियोपियाले सन् २०११ मा यो बाँध परियोजना सुरु गरेको थियो। यसबाट ६ हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्ने अपेक्षा गरिएको थियो।
नाइल नदीको खण्डमा बनेको बाँध सञ्चालन गर्न सहमति हुनुपर्ने जोड दिँदै आए पनि सहमति हुन सकेको छैन। सिन्ह्वा/न्युज एजेन्सी नेपाल