१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस मस्को
Invalid date format १३:५५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकालाई युक्रेन द्वन्द्वबारे सूचना दिएको आरोपमा रुसी नागरिक पक्राउ

Read Time : < 1 मिनेट
रासस, मस्को
नयाँ पत्रिका
Invalid date format १३:५५:oo

युक्रेन द्वन्द्वबारे अमेरिकी कूटनीतिज्ञलाई सूचना दिएको आरोपमा मस्कोले भ्लादिभोस्तोकस्थित अमेरिकी वाणिज्य दूतावासका पूर्वकर्मचारी रहेका रुसी नागरिकलाई पक्राउ गरेको छ।

संघीय सुरक्षा सेवा (एफएसबी)ले एक विज्ञप्ति जारी गर्दै रोबर्ट रोबर्टोभिच साेनोभलाई मस्कोस्थित अमेरिकी दूतावासका लागि सूचनादाता भएको आरोप लगाएको छ। मस्को र वासिंगनबीचको तनावपूर्ण सम्बन्ध, विशेषगरी युक्रेनमा जारी द्वन्द्वलाई लिएर दबाब सिर्जना गर्ने कूटनीतिक विवादको शृंखलाको यो पछिल्लो घोषणा हो।

एफएसबीका अनुसार साेनोभले गत वर्ष सेप्टेम्बरमा अमेरिकी कूटनीतिज्ञहरूलाई द्वन्द्व र परिचालनबारे जानकारी दिन सुरु गरेका थिए। उनलाई अर्को वर्ष हुने राष्ट्रपतीय चुनावअघि रुसका क्षेत्रहरूमा विरोधको भावना मापन गर्ने जिम्मेवारी दिइएको थियो।

साेनोभले मस्कोस्थित अमेरिकी दूतावासको राजनीतिक विभागका दुई कूटनीतिज्ञ जेफरी सिलिन र डेभिड बर्नस्टिनलाई सोधपुछ गर्ने योजना बनाएको एफएसबीले जनाएको छ।

रुस र पश्चिमा देशहरू, विशेषगरी संयुक्त राज्य अमेरिकाबीच कूटनीतिक तनाव केही वर्षदेखि बिग्रँदै गएको छ र दुवै पक्षले एक–अर्कालाई कूटनीतिक सुविधाहरूमा कर्मचारी संख्या कटौती गर्न आदेश दिएका छन्, जसले उनीहरूको कार्यहरूमा बाधा पुर्‍याएको छ।