१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १० आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १० आइतबार १६:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्च अदालतमा भोलिबाट ‘पेसी तारेख अटोमेसन सिस्टम’ सुरु हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १० आइतबार १६:३२:oo

सर्वोच्च अदालतले भदाै ११ गते (भोलि) देखि ‘पेसी तारेख अटोमेसन सिस्टम’ सुरु गर्ने भएको छ। 

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयभित्र हुने अनियमिततालाई कम गर्न पनि आफूले भोलिदेखि सो सिस्टम सुरु गर्न लागेको जानकारी दिए। 

आइतबार आफूलाई बधाई दिन कार्यकक्षमा पुगेका संवैधानिक तथा न्यायिक पत्रकार मञ्चमा आबद्ध पत्रकारहरूसँगको सामूहिक भेटमा उनले अदालतभित्र हुने अनियमितता नियन्त्रण गर्न प्रवधिको प्रयोगमा जोड दिएको स्पष्ट पारे। 

प्रधानन्यायाधीश श्रेष्ठले तारेख तोक्ने काममा कर्मचारीहरूको हस्तक्षेप हुन नदिने पनि आफूले सो अटोमेसन सिस्टमको सुरुवात गर्नुपरेको बताए। प्रविधिकै माध्यामबाट न्यायालयमाथि हुने जनगुनासो सम्बोधन गर्न आफूले चाहेको बताउँदै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतपछि काठमाडौं जिल्ला अदालतमा तत्काल सो सिस्टम लागू गर्ने योजना रहेको जानकारी गराए। 

प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया आफूले सुरु गरिसकेको उल्लेख गर्दै त्यसको नतिजा छिट्टै आउने विश्वाससमेत व्यक्त गरे। उनले न्यायाधीश नियुक्ति नगरी नहुने भएकाले आफू त्यसमा लागिपरेको बताए। 

प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयप्रति जनआस्था जगाउने गरी सञ्चार संप्रेषण गर्न पनि सञ्चारकर्मीहरूलाई आग्रहसमेत गरे।