१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:o९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

काठमाडौं महानगरले उठायो साढे ६५ करोड राजस्व

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:o९:oo

चालू आर्थिक वर्षको साउनमा काठमाडौं महानगरपालिकाको ६५ करोड ४२ लाख ३० हजार तीन सय ७९ रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष ०७९/८० को साउनमा महानगरेले ४५ करोड नौ लाख ८९ हजार राजस्व संकलन गरेको थियो  ।  

आव ०७७/७८ देखि राजस्व संकलन दर क्रमशः बढ्दो क्रममा छ । आव ०७७/७८ को साउनमा २६ करोड ३९ लाख,  आव ०७८/७९ को साउनमा ४३ करोड ५३ लाख राजस्व संकलन भएको थियो । आर्थिक वर्ष ०७८/७९ को तुलनामा चालु आवको पहिलो महिनामा एक करोड ५६ लाख बढी राजस्व संकलन भएको छ ।

प्राप्त राजस्वमध्ये सबैभन्दा धेरै घरबहाल करबाट ३१ करोड ६० लाख संकलन भएको छ । यसपछि सम्पत्तिबाट १२ करोड ५८ लाख प्राप्त भएको छ । अन्य राजस्व शीर्षकहरूमा भूमिकर, व्यक्तिगत आन्तरिक अनुदान, सेवा शुल्क, न्यायिक दस्तुर, नक्सा पास दस्तुर, पार्किङ शुल्क, सिफारिस दस्तुरलगायत छन् । यस्तै, प्रशासनिक दण्ड, जरिवाना र जफत, पर्यटन शुल्क, बेरुजुलगायत हुन् । 

राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार वडा सदस्यको नेतृत्वमा हरेक वडामा कर सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै राजस्व विभागले बेरुजु फस्र्योट तथा बक्यौता असुली अनुगमन गरिरहेको छ । कर परीक्षण कार्य पनि चलिरहेको छ ।