2023-08-26-05-33-25.jpeg)
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिबल २०२३ जारी छ। उक्त आर्ट फेस्टिबलमा नेपाली कला संस्कृति र दैनिकीमा आएका परिवर्तनलाई विभिन्न कलाकारले बनाएका रंग र चित्रमार्फत प्रस्तुत गरिएको छ।
क्यानभासका माध्यमबाट कलाकारहरूले यौनिक अल्पसंख्यकदेखि नेपाली कला संस्कृति र बुढ्यौलीका विभिन्न पक्षलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्। विभिन्न उमेर समूहका कलाप्रेमीहरूले प्रदर्शनीको अवलोकन गरिरहेका छन्।
‘यहाँ राखिएका चित्रकलाहरू निकै एस्थेटिक छन्। नेपाली कला, संस्कृतिका साथै सिर्जनाले भरिपूर्ण छन्,’ प्रदर्शनी हेर्न आएकी अस्मिता मगरले भनिन्।
प्रदर्शनीमा राखिएको ‘द रेन्बो लोलिपप’देखि ‘लाइन अफ एक्सपेरिन्स’ वा ‘द रोप अफ कर्मा’ले निकै मन्त्रमुग्ध बनाउँछ। ‘ओयल अन क्यानभास’ होस् वा ‘मिक्स मिडिया’, प्रदर्शनमा राखिएका कलाकृतिले जो कसैको ध्यान खिच्न सफल छ।
७ भाद्रदेखि सुरु भएको प्रदर्शनी १३ भाद्रसम्म जारी रहनेछ।