१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार २३:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कूटनीतिक प्रयासपछि दक्षिण अमेरिकाबाट तीन महिलाको उद्दार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २३:o७:oo

दक्षिण अमेरिकास्थित क्यारेवियन टापु ट्रिनिडाड एन्ड टोबागोको पियारको अन्तर्राष्ट्रिय विमानस्थलमा थुनिएका तीन महिलाको उद्दार भएको छ । क्यारेवियन एयरलाइन्सले बन्धक बनाएका सिन्धुपाल्चोक र मकवानपुरका महिलाहरूलाई अमेरिकास्थित नेपाली दुतावासको कूटनीतिक पहलमा उद्दार गरिएको हो । उनीहरू स्वदेश फर्केका छन् । 

ठूलो धनरासी खर्च गरेर अमेरिका लागि अवैधानिक बाटोबाट यात्रा गरेका मकवानपुरकी ३५ वर्षीया तीर्था लामा वाइवा, सिन्धुपाल्चोककी ४४ वर्षीया सेरसाङ् लामा र सिन्धुपाल्चोककी ४० वर्षीया याङ्जेन शेर्पा ट्रिनिडाड एन्ड टोबागोमा बन्धक अवस्थामा थिए ।

उनीहरूको अवस्थाबारे नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्रसचिव भरतराज पौड्यालले वासिंटन डिसीस्थित नेपाली दूतावासलाई तत्कालै उद्दारको प्रयास गर्न निर्देशन दिएका थिए । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले तीनजना नेपाली महिलाहरूको उद्दार भएको र उनीहरू स्वदेश फर्किएको जानकारी दिए । 

अमेरिकास्थित नेपाली दूताबासले ट्रिनिडाड एन्ड टोबागामै बसेर व्यवसाय गरेका सिन्धुपाल्चोकका तेज लामामार्फत् उद्दारको प्रयास गरेको थियो । ‘वासिङ्टन डिसीमा रहेको हाम्रो दूतावासले चिठी दिएपछि मैले ट्रिनिडाड एन्ड टोबागाका अधिकारीहरूसँग सम्पर्क गरेँ । त्यसपछि तीनजना नेपाली चेलीहरूलाई छुटाएर नेपालमा डिपोर्ट गर्ने वातावरण तयार भयो,’ लामाले नयाँ पत्रिकासँग टेलिफोनमा भने ।

उनकाअनुसार तीनजना महिलाहरू ट्रिनिडाड एन्ड टोबागोबाट जमैका टापु पुगेका थिए । ‘त्यहाँबाट उनीहरूलाई डिपोर्ट गरेर टोबागो ल्याई क्यारेबेयिन एयरलाइन्सका सुरक्षाकर्मीले थुनेर राखेका रहेछन् । उनीहरूलाई अध्यागमनले थुनेको थिएन,’ लामाले भने, ‘सुरुमा मलाई पहुँचका लागि निकै अप्ठेरो भयो । मलाई दूतावासले चिठी नै दिएपछि त्यसका आधारमा सम्बद्ध अधिकारीहरूसँग कुराकानी गर्न सजिलो भयो । त्यसआधारमा उनीहरूसँग कुराकानी गरेर छुटाउन सफल भयौँ ।’ 

लामाका अनुसार ट्रिनिडाड एन्ड टोबागोमा चार महिनाअघि पनि १२ नेपाली भागेका थिए । तीनजना महिलाहरूले चार महिनाअघि ट्रिनिडाड एन्ड टोबागोमा तेजसँग भेटेका थिए । ‘घुमघामपछि उनीहरू सम्पर्कबाहिर गए । म पनि आफ्नै रेस्टुरेन्ट व्यवसायमा व्यस्त भएँ ।’ लामाले उनीहरू अप्रिल १ मा त्यहाँ पुगेका र १५ दिन आफूसँगै रहेको जानकारी दिए । नेपाल र ट्रिनिडाड एन्ड टोबागोबीच गत वर्ष जुन ६, २०२२ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । 

ad
ad