१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ग्रिसमा नेपाली अपहरण गर्ने गिरोहमा संलग्न चारजना फिराैती रकमसहित नेपालमा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४३:oo

ग्रिसमा नेपालीलाई अपहरण गर्ने गिरोहमा संलग्न चारजना नेपालमा पक्राउ परेका छन्। 

ग्रिसमा तीनजना नेपालीलाई अपहरण गरी फिरौती रकम लिने चारजनालाई पक्राउ गरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सिआइबी)ले अनुसन्धान अघि बढाएको छ। 

सिआइबीले २१ लाख ७५ हजार रुपैयाँसहित काठमाडौंको गौरीघाटबाट धनकुटाका शिवराज कुँवर, काठमाडौंका रामेश्वर अर्याल, कपिलवस्तुका प्रकाश बेल्वासे र पर्वतका दिलबहादुर थापालाई पक्राउ गरेको हो।

सिआइबीका अनुसार उनीहरूले मोरङको रंगेलीकी सावित्रा थापा, उदयपुरका तिलकबहादुर कार्की र काभ्रेका राजन छन्त्याललाई सर्बियाबाट ग्रिस जाने क्रममा सीमा क्षेत्रबाट अपहरण गरेको थिए। 

ग्रिस प्रवेशका क्रममा तीनजनालाई हिन्दी भाषा बोल्ने दुईजनाले अपहरण गरेर डोरीले बाँधी शारीरिक र मानसिक यातना दिएर १५ हजार युरो फिरौती माग गरेका थिए। 

अपहरणकारीकै समूहमा रहेका केही व्यक्तिले युएई र ग्रिसबाट ह्वाट्सएपमार्फत पीडितका परिवारसँग फिरौती मागेर काठमाडौंमा मान्छे खटाई रकम लिएको अनुसन्धानबाट खुलेको छ। सोही रकम लिनेलाई प्रहरीले पक्राउ गरेको छ। ग्रिस र सर्बियाको सीमाबाट अपहरणमा परेका तीनजनालाई उद्धार गरेकाे सिआइबीले जनाएको छ।