१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० भदौ ७ बिहीबार २१:१२:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

विमान दुर्घटना र प्रोगोजिनको मृत्युबारे पश्चिमी नेताहरूको आशंका

Read Time : < 1 मिनेट
२०८० भदौ ७ बिहीबार २१:१२:००

पश्चिमी देशका नेताहरूले हालै भएको विमान दुर्घटना र वाग्नर प्रमुख प्रिगोजिनको मृत्युमाथि आशंका व्यक्त गरेका छन् । उनीहरूले सो दुर्घटना दुर्घटना हो कि होइन भनी प्रश्न उठाएका छन् ।

दुर्घटनाग्रस्त एम्ब्रेर लिगेसी जेटमा रहेका वाग्नर प्रमुख प्रिगोजिनसहित सबै १० यात्रुको शव फेला परेको रुसी आपतकालीन सेवाले जनाइसकेको छ । 

घटनापछि अमेरिकी राष्ट्रपति जो बाइडनको प्रतिक्रिया छ, ‘के भयो भन्ने हामीलाई थाहा नभए पनि रुसमा भएको उक्त घटनामा पुटिनलाई जानकारी भएको हुनुपर्छ ।’ 

फ्रान्सले दुर्घटनाको बारेमा ‘पर्याप्त शंका’ व्यक्त गरेको छ भने जर्मनीले रुसमा ‘अपुष्ट’ मृत्युको ढाँचा पछ्याइएको बताएको छ । 

जर्मनीकी विदेशमन्त्री एनालेना बेयरबोकले ‘पुटिनका एक अपमानित पूर्वविश्वासपात्र अचानक विद्रोहको प्रयास गरेको दुई महिनापछि आकाशबाट खस्नु ‘शंकास्पद भएको’ बताएकी छिन् ।

क्रेमलिन समर्थक प्रभावशाली सरकारी टेलिभिजनका अधिकारी र पुटिनकी सहयोगी मार्गारिटा सिमोन्यानले पनि जहाज दुर्घटनालगत्तै दिएको प्रतिक्रियामा यो हत्या भएको हुन सक्ने संकेत गरेका थिए । 

‘दुर्घटनाको बारेमा चर्चा भइरहेको संस्करणहरूमध्ये यो पनि मञ्चन गरिएको घटना थियो । तर, व्यक्तिगत रूपमा, म अधिक व्यक्तिले अनुमान गरेझैँ स्पष्ट एकातिर झुकाव गर्दै छु,’ उनले सामाजिक सञ्जालमा भने । 

पुटिनको लामो शासनकालमा पुटिनका विरोधीहरू रहस्यमय परिस्थितिमा हराएका छन् । रुसको उड्डयन प्राधिकरणले एम्ब्रेयर निजी जेटमा दुर्घटनामा परेका व्यक्तिहरूको मृत्यु भएको भन्दै उनीहरूको नाम बुधबार अबेर सार्वजनिक गरेको थियो ।  

जहाज दुर्घटनामा प्रिगोजिन र उनका नजिकका सहयोगी जसले प्रोगोजिनलाई पर्दापछाडिबाट सहयोग गरेका दिमित्री उत्किन पनि परेकाे बताइएको छ । उत्किनले वाग्नरको अपरेसनको व्यवस्थापन गर्दै आएको विश्वास गरिन्छ ।
 
मस्कोबाट करिब ३५० किलोमिटर उत्तरमा रहेको कुझेनकिनो गाउँनजिकै राइफल बोकेका केही नकाबधारी ‘रुसी प्रहरी’ ले घटनास्थललाई नियन्त्रणमा लिएका छन् ।