१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
संजित परियार काठमाडाैं
२o८१ बैशाख २३ आइतबार १३:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

पाटनमा यल पञ्चदान मनाइँदै

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:४o:oo

आज पाटनमा यल पञ्चदान पर्व मनाइँदै छ। यो पर्वमा बौद्ध धर्मावलम्बीहरूले दीपंकर बुद्धका पाँच मूर्तिहरूलाई विहारबाट निकालेर नगर परिक्रमा गराउँछन्।

आजको दिन दीपंकर बुद्धले पाटनमा दान लिएको सम्झनामा यो पर्व मनाउने चलन चलेको कथन छ। यस पर्वले बौद्ध दर्शनमा अत्यन्त पवित्र मानिएको दानको महत्त्व दर्साउँछ। बौद्धमार्गीहरूले आर्जन गरेको धन वा आयको केही अंश दानका लागि राख्ने र आजको पर्वमा दान गर्ने प्रचलन रहँदै आएको छ। 

आजको दिन पाटनमा मनाउनेबाहेक भाद्र कृष्ण त्रयोदशीको दिन काठमाडौं, भक्तपुर, ठिमी, बनेपा, पनौती, कीर्तिपुर आदि ठाउँहरूमा यो पर्व मनाइन्छ।

 

ad
ad