१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ७ बिहीबार
  • Friday, 09 May, 2025
२o८o भदौ ७ बिहीबार ११:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ७ बिहीबार ११:२७:oo

पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्देखण्ड सञ्चालनमा आएको छ । बुधबारदेखि परेको वर्षाका कारण आज बिहान साढे आठ बजेदेखि अवरुद्ध उक्त खण्ड पहिरो हटाएपछि सञ्चालनमा आएको हो ।

विपत् व्यवस्थापन प्रहरी टोली, स्थानीय पालिकाको सहयोगमा पहिरो हटाएर राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। 

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारका क्रममा राजमार्गका विभिन्न ठाउँमा पहिरोको जोखिम बढेको छ । आयोजनाले सडकछेउका भित्ता काट्ने काम गरेकाले वर्षाले पहिरो झर्ने गरेको छ ।