१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
समाचार डिजिटल संस्करण

कोसी प्रदेशमा फेरि संविधानमाथि निर्घात आक्रमण भयो : योगेश भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२१:oo

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले कोसी प्रदेशमा पुनः संविधानमाथि आक्रमण भएको बताएका छन्। करिब एक महिनापछि बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

सभामुखको हस्ताक्षर प्रयोग गरी भएको सरकार गठनलाई अदालतले असंवैधानिक ठहर गरे पनि सभामुखको कुर्सीमा बसेका व्यक्तिले मतदान गरेर संविधानमाथि ठाडो हस्तक्षेप गरेको सांसद भट्टराईको जिकिर छ।

‘कोसी प्रदेशमा फेरि संविधानमाथि निर्घात आक्रमण भएको छ। केही दिनअघि सभामुखजस्तो स्वच्छ, स्वतन्त्र र तटस्थ बस्नुपर्ने पदको व्यक्तिले हस्ताक्षर गरेर सरकार बनाउने काम भयो। अदालतले त्यसलाई असंवैधानिक भन्यो,’ उनले भने, ‘सभामुखको आसनमा बसेका व्यक्तिले बराबर मत भयो भने निर्णायक मत दिने हो। आफैँ सभामुखको कुर्सीमा बसेर अन्तिम अवस्थामा मतदान गर्न जानु संविधानमाथिको ठाडो हस्तक्षेप हो।’