१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ६ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका म्याग्दी
२o८o भदौ ६ बुधबार १४:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँच दिनपछि खुल्यो बेनी–जोमसोम सडक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
नयाँ पत्रिका
२o८o भदौ ६ बुधबार १४:१९:oo

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ को जलथलेदेखि दुवारीखण्डको सडक पाँच दिनपछि सञ्चालन भएको छ। 

अन्नपूर्ण गाउँपालिकाको जलथले, गुँइठे, सुकेबगर, खामभिक्तालगायतका क्षेत्रमा अविरल वर्षासँगै ५० भन्दा बढी ठाउँमा खसेको पहिराेका कारण ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा शनिबारदेखि सीधा यातायात सञ्चालन हुन सकेको थिएन। 

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले पहिरो पन्छाएर आज बिहान सडक खुलाइएको जानकारी दिए। 

सडक खुलेपछि जलथले र दाना क्षेत्रमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। सडक अवरुद्ध भएपछि दानादेखि नारच्याङको घरापसम्म हिलाम्मे सडकमा कष्टपूर्ण यात्रु पैदल यात्रा गर्न बाध्य भएका थिए।