Skip This
वृद्धवृद्धाले कस्तो योगाभ्यास गर्ने ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ६ बुधबार
  • Saturday, 27 July, 2024
२o८o भदौ ६ बुधबार १२:१२:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

वृद्धवृद्धाले कस्तो योगाभ्यास गर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ६ बुधबार १२:१२:oo

उमेर बढ्दै जाँदा हाम्रो शरीरमा धेरै परिवर्तन हुन्छन् । जसकारण हड्डी कमजोर हुन थाल्छ । यस्तो अवस्थामा घुँडा, काँध, ढाड, जोर्नी र मांसपेशीको दुखाइ हुन थाल्छ । नियमित योग गरेर यी समस्याबाट छुटकारा पाउन सकिन्छ । 

ताडासन :  ताडासनले शरीरलाई सन्तुलनमा राख्न मद्दत गर्छ । साथै, स्वास्थ्यमा पनि सुधार ल्याउँछ । यसले तपाईंको तिघ्रा, खुट्टा, हातलाई बलियो बनाउन सहयोग गर्छ । बुढेसकाल लाग्न थालेपछि पाचन शक्ति पनि कमजोर हुँदै जान्छ । यो योगासनले पाचन क्रियालाई सन्तुलनमा राख्न मद्दत गर्छ । त्यस्तै, बुढेसकालमा अल्छी लाग्छ, त्यसैले अधिकांश वृद्धवृद्धामा तनाव तथा डिप्रेसनको समस्या हुने पाइन्छ । यस्ता समस्याबाट बच्न पनि यो प्रभावकारी छ । 

बद्ध कोणासन :  यो योगासनले तिघ्रा र घुँडा बलियो हुन्छ । यति मात्र होइन, यसले शरीरको पाचन क्षमता विकास गर्छ । यो योगासन वृद्धवृद्धाका लागि तनाव र थकान कम गर्न निकै सहयोगी हुन्छ । 

शवासन :  शवासन योग गर्दा शरीरलाई आराम मिल्छ । यसले तपाईंलाई तनावमुक्त महसुस गराउँछ । शवासन योग गर्दा उच्च रक्तचाप नियन्त्रण हुन्छ । वृद्धवृद्धामा प्रायः उच्च रक्तचाप हुन्छ । यसले उच्च रक्तचाप कम गर्न मद्दत गर्छ ।