१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छात्रवृत्तिका लागि सिफारिस विद्यार्थीको शुल्क लिए महानगरले कारबाही गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४९:oo

काठमाडौं महानगरपालिकाबाट कक्षा ११ र १२ मा यस शैक्षिक सत्रका लागि अध्ययन छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीले सम्बन्धित विद्यालय तथा क्याम्पसमा कुनै पनि प्रकारको शुल्क तिर्नुनपर्ने स्पष्ट गरेको छ।
 
कतिपय शिक्षालयमा आन्तरिक, प्रयोगशाला र विविध शीर्षकका नाममा शुल्क लिएको तथा स्थान अभावका कारण देखाएर भर्ना लिन आनाकानी गरेको भन्ने गुनासोका सन्दर्भमा महानगरपालिकाको शिक्षा विभागले सुनुवाइ र सम्बोधन गरेको छ।

विभागले यही भदौ १ गते पत्र पठाई कक्षा ११ र १२ सञ्चालन गरिरहेका निजी (संस्थागत) विद्यालयका सञ्चालकलाई बोलाई कुनै छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीलाई भर्ना नलिएमा, शुल्क लिएमा वा मानसिक यातना दिएमा कारबाही गर्ने जनाउ पनि दिइसकेकोछ।

सोसँग सम्बन्धित गुनासो सम्बोधन भएको र अझै बाँकी रहेमा महानगरपालिकामा सम्पर्क गर्न आग्रह गरिएको छ। 

महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले गत साउन २० गते छात्रवृत्ति परीक्षामा सम्मिलित भई म्याचिङ प्रणालीबाट अन्तिम योग्यताक्रमको आधारमा पहिलो भर्ना सूचीमा परेका विद्यार्थीलाई यही भदौ ३ गतेसम्म सम्बन्धित शिक्षण संस्थामा भर्ना गरी जानकारी गराउन पनि पत्राचार गरेको थियो।