१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

छानबिन समिति निर्माण नभई यो मागबाट हामी पछि हट्दैनौँ : महेश बर्तौला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१८:oo

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको निष्पक्ष अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति निर्माण नभईकन आफ्नाे मागबाट एमाले पछि नहट्ने बताएका छन्। मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

सरकारले चाहेको भए आज नै संसद् अवरोध खुल्न सक्ने भए पनि प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण संसद् खुल्न नसकेको उनले बताए। उनले सरकार उच्चस्तरीय छानबिन समिति बनाउनका लागि बनिरहेको माहोल बिगार्न लागेको आरोप लगाए। सरकारले तस्करहरूको संरक्षण गरिरहेको उनको आरोप थियो।

उनले भने ‘उच्चस्तरीय छानबिन समिति निर्माण नभईकन यो मागबाट नेकपा एमाले पछि हट्दैन। तस्करको संरक्षण गर्ने सरकारको जुन कार्यशैली छ, यसको विरोध कायम राखिरहन्छौँ। यसमा सरकार पूरा गर्ने प्रतिबद्धताका साथ ओर्लिएको छ।’

सचेतक बर्तौलाले सरकारले गलत बाटोतर्फ राष्ट्रपतिलाई परिचालित गर्दै गइरहेको आरोपसमेत लगाउनु भयो।