१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:४२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

१५ वर्षकाे निर्वासनपछि स्वदेश फर्केका पूर्वप्रधानमन्त्री सिनावात्रालाई फेरि आठ वर्ष जेल सजाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४२:oo

थाइल्यान्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आठ वर्षको जेल सजाय सुनाएको छ। 

नेता सिनावात्रालाई उनको अनुपस्थितिमा अदालतले तीनवटा अभियोगमा दोषी ठहर गर्दै मंगलबार आठ वर्षको कारावासको सजाय सुनाएको हो। 

नेता सिनावात्रा सत्तामा रहँदा शक्तिको दुरुपयोग गरेको, गैरकानुनी रूपमा सरकारी बैंकलाई विदेशी ऋण जारी गर्न आदेश दिएको तथा मनोनीत व्यक्तिमार्फत अवैध रूपमा सेयर राखेको कसुरमा दोषी ठहर्‍याइएको अदालतले जनाएको छ। 

थाइल्यान्डको विभाजनकारी नेताको उपमा पाएका सिनावात्रा १५ वर्षका लागि निर्वासित जीवनपछि स्वदेश फर्केको केही घन्टामै अदालतले यो आदेश दिएको हो। 

पूर्वप्रधानमन्त्री सिनावात्राको राजनीतिक दल फेउ थाईका सदस्य एवं धनाढ्य व्यापारी श्रेथा थाविसिनलाई प्रधानमन्त्रीका रूपमा चयन गर्ने तयारी भएका वेला ७४ वर्षीय सिनावात्रालाई भने कारावास सजाय सुनाइएको छ।