Skip This
किशोरीहरूलाई सुहाउँछ यस्ता पहिरन 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ५ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ ५ मंगलबार ११:२७:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

किशोरीहरूलाई सुहाउँछ यस्ता पहिरन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ ५ मंगलबार ११:२७:oo

अहिलेको मौसममा मानिसको शरीरबाट धेरै पसिना बग्ने भएकाले अति नै टाइट हुने कपडा लगाउनु राम्रो मानिँदैन । कटन, खादी, लिनेन, सिफन, रियनको ओभरसाइज कपडाले आरामदायी महसुस गराउनुका साथै फेसनेबल पनि देखाउँछ । 

कुनै समय फिटिङका कपडा चल्थे । तर, आजकल क्याजुअल वेयरमा प्रायः किशोरीले ओभरसाइज फेसन गर्छन् । उनीहरू ओभरसाइज टाइपको टिसर्ट, ओभरसाइज सर्ट, ओभरसाइज जिन्स मन पराउँछन् । स्ट्रेट कट जिन्स पनि अहिले चलिरहेको छ । किशोरीहरूले ओभरसाइज कोट–पाइन्ट पनि रुचाउँछन् । तर, ४० वर्ष कटिसकेका महिलालाई यस्तो फेसन त्यति सुहाउँदैन । 

नाइट पार्टीमा मर्मेड गाउन, बल गाउन, एलाइन गाउन, रफल्ड गाउनलगायत चलेको छ । साडी र लेहेंगा त सदाबहार नै भइहाल्यो । हल्का हुने भएकाले जर्जेट, नेट, सिल्क, लाइक्रालगायत फ्याब्रिक पनि यस मौसममा धेरै चल्छ । 

कुर्थी पनि निकै चलेको छ । युवतीहरूले कटनको कुर्था जिन्समा लगाउन रुचाउँछन् । अफिसमा काम गर्नेले पनि यस्तै कपडामा कम्फर्टेबल फिल गर्छन् । विशेषगरी स्काई ब्लु, लाइट पिंक, लाइट अरेन्ज, लेभेन्जरलगायत लाइट कलरका कुर्थीमा धेरैलाई रुचि हुन्छ । किशोरीहरू सल नलगाई जिन्समा कटनका रेडिमेड कुर्थी लगाउन रुचाउँछन् । किशोरीहरूले मन पराउने अर्को परिहन कटनको लङ फ्रक (वान पिस वा टु पिस) हो ।