१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ४ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ४ सोमबार १४:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मतले अनुमोदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ४ सोमबार १४:१५:oo

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन भएको छ।

संसदीय सुनुवाइ समितिले आज सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस वरिष्ठ न्यायाधीश श्रेष्ठको सुनुवाइ गरेको हो। उक्त सुनुवाइपछि समितिले उनकाे नाम सर्वसम्मत अनुमोदन गरेकाे हाे। 

तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्की ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि १८ साउनमा बसेको संवैधानिक परिषद् बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको थियो । 

२३ साउनमा श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेर आइतबार सांसदहरूलाई वितरण गरेको संसदीय समितिले सोमबार बिहान साढे १० बजे उजुरीकर्तासँग छलफल गभएको थियो। त्यसपछि बसेको समितिको बैठकले उनको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो।