१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:o९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मकवानपुरमा रिद्धिसिद्धि सिमेन्टको इभेन्ट सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:o९:oo

रिद्धिसिद्धि सिमेन्टले मकवानपुरमा आयोजना गरेको ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रममा ११ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । रोबोटिक ल्याबमा बनेको छात्रवृत्ति कार्यक्रममा एक सय नौ विद्यार्थी सहभागी भएका थिए ।

एसइई परीक्षामा उपलब्ध अंक, दौड प्रतियोगिता साथै आइक्यु परीक्षामा सोधिएका सम्पूर्ण अंक जोडी छात्रवृत्तिका लागि उत्कृष्ट ११ स्मार्ट विद्यार्थी छनोट गरिएको थियो । कार्यक्रमअन्तर्गत कम्पनीले प्रथम हुने विद्यार्थीलाई मासिक पाँच हजार, दोस्रो हुनेलाई ३५ सय, तेस्रो हुनेलाई २५ सय र सान्त्वनास्वरूप थप आठ विद्यार्थीलाई मासिक १५ सय एक वर्षसम्म उपलब्ध गराउनेछ ।

छात्रवृत्ति पाउने विद्यार्थीमा प्रथम पुरस्कार पाउने इशान्तकुमार मिश्र, दोस्रो अंशुकुमारी र तेस्रो रिजन कठायत रहेका छन् । सान्त्वना पुरस्कार पाउने विद्यार्थीहरू शिवम पटेल, भूषण दाहाल, भोलाकुमार साह कलवार, सुयोग अर्याल, दिपेश चौलागाईं, मनीषाकुमारी खड्का, जिज्ञासा पौडेल र विजय मोक्तान रहेका छन् ।