१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जेष्ठ नागरिक महासंघमा आर्थिक पारदर्शी नभएको भन्दै छानबिन समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:२९:oo

जेष्ठ नागरिकको निम्ति खोलिएको राष्ट्रिय जेष्ठ नागरिक महासंघमा आर्थिक पारदर्शीबारे प्रश्न उठेपछि छानबिन समिति गठन गरिएको छ । 

महासंघका उपाध्यक्ष शारदादेवी चन्दको संयोजकत्वमा गठित तीनसदस्यीय समितिले छानबिनपश्चात् प्रतिवेदन तयार पारेको छ । तर, प्रतिवेदन सार्वजनिक गरिएको छैन । 

समितिले तयार प्रतिवेदन आगामी साता बस्ने बैठकमा पेशसगर्ने तयारी छ । जेष्ठ नागरिकको नाममा गरिएका कार्यक्रम पारदर्शी नभएको भन्दै उपाध्यक्ष चन्दले प्रश्न उठाएपछि महासंघले उनकै संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । 

गत १९ साउनमा गठन गरिएको समितिलाई छानबिनका लागि तीन दिनको म्याद दिइएको थियो । निर्धारित समयभित्र छानबिन हुन नसकेपछि पुनः पाँच दिनको म्याद थप गरिएको थियो ।

समितिकी संयोजक चन्दले आर्थिक विषयमा प्रश्न उठेपछि छानबिन समिति गठन भएको र प्रतिवेदन आगामी बैठकमा पेस गरिने बताइन् । उनले भनिन्, ‘महासंघले जेष्ठ नागरिकलाई लक्षित गरेर मुलुक व्यापी विभिन्न कार्यक्रम गरेको थियो । त्यसको समीक्षा बैठक पनि भयो । बैठकमा हामीले आर्थिक प्रतिवेदन पनि पेस गर्न भनेका थियौँ । तर, हुन सकेन । यही विषयमा महासंघले मेरै संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । प्रतिवेदन तयार भएको छ । आगामी बैठकमा प्रतिवेदन पेस हुनेछ । आर्थिक अनियमितता नै भए जस्तो देखिएको छैन ।’

संघीय र प्रदेश सरकारबाट महासंघले प्रत्येक वर्ष सरकारबाट ३५ लाख रुपैयाँ अनुदान पाउँदै आएको छ । उक्त रकमबाट महासंघले वृद्धवृद्धाको स्याहारलगायतका विषयमा कार्यक्रम गर्दै आएको छ । यही सन्दर्भमा चितवन, कञ्चनपुर र सर्लाहीमा गरिएका कार्यक्रम आर्थिक पारदर्शी नदेखिएको भन्दै प्रश्न उठेको थियो ।