१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देशमा इतिहासकै लोकप्रिय सरकार रहेको माओवादी नेता पुनको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५३:oo

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार जनतामा लोकप्रिय भएको दाबी गरेका छन्। 

पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकमा शनिबार बोल्दै उनले वर्तमान सरकार इतिहासकै सर्वथा लोकप्रिय सरकार भएको दाबी गरेका हुन्। 

सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएका कारण सरकारलाई जनताले मन पराएको उनको भनाइ थियो। ‘सरकारले सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएको छ। सुशासनको जगमा समृद्धि हासिल गर्नेतिर सरकारको काम निर्देशित छ,’ पुनले भने, ‘इतिहासमा पहिलोपटक सरकार पपुलर (लोकप्रिय) भएको छ।’ 

पुनले मुलुकलाई सही नेतृत्व गर्न सक्ने शक्ति आफ्नो दल र नेता प्रधानमन्त्री प्रचण्डसँग भएको जिकिर गरे। सोही क्षमताका कारण प्रतिनिधिसभामा तेस्रो शक्ति भएर पनि अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरिरहेको उनले बताए। 

‘३२ सिटसहित प्रतिनिधिसभामा हामी तेस्रो शक्ति छौँ, तर सरकारको नेतृत्व गरिरहेका छौँ,’ पुनले भने, ‘राष्ट्रिय राजनीतिमा समकालीन नेता प्रचण्ड नै हो। कांग्रेस–एमालेले वेला-वेला गाली गर्छन्, तर अप्ठेरो पर्दा निकासका लागि प्रचण्ड नै खोज्ने स्थिति छ।’ 

गत मंसिरमा सम्पन्न आमनिर्वाचनमा पार्टीले करिब ११ प्रतिशत मत पाए पनि सरकारको कामबाट ९० प्रतिशत जनता खुसी भएको उनको भनाइ थियो। ‘१० देखि ११ प्रतिशत जनमत हाम्रो पक्षमा छ। तर, सरकारको राम्रो कामबाट ९० प्रतिशत जनताले समर्थन गरेका छन्, हामीतर्फ आकर्षित भएका छन्।’