१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिशूली नदीमा हाम फाल्न पुलमा झुन्डिएका व्यक्तिको सकुशल उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२३:oo

चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। 

शनिबार बिहान धादिङको नीलकण्ठ नगरपालिका– ६ बस्ने  ४५ वर्षीय कृष्ण परियार झुन्डिएका थिए। उनी पुलबाट त्रिशूली नदीमा हामफाल्नका लागि झुन्डिएको खबर प्राप्त भएपश्चात् सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय  कुरिनटारबाट ११ जनाको उद्धार टोली खटिएको थियो।

टोलीले रोप रेस्क्यु विधिबाट परियारलाई जीवितै उद्धार गरी उपचारका लागि मुग्लिन हाइवे अस्पताल पठाएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। डिएसपी थापाका अनुसार परियारले किन हाम फाल्न लागेका थिए भन्ने खुलेको छैन।