१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १ शुक्रबार
  • Friday, 09 May, 2025
एजेन्सी
२o८o भदौ १ शुक्रबार १२:१८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

क्यानरी टापुमा लागेको डढेलो १८ सय हेक्टरमा फैलियो

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८o भदौ १ शुक्रबार १२:१८:oo

स्पेनको टेनेरिफको उत्तरपूर्वमा रहेको क्यानरी टापुमा लागेको डढेलो १८ सय हेक्टर क्षेत्रफलमा फैलिएको छ। बुधबारबाट लागेको डढेलो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।

सुक्खा क्षेत्र र तीव्र हावाका कारण आगो झनै फैलिरहेको बताइएको छ। क्यानरी टापुका अध्यक्ष फर्नान्डो क्लाभिजोले पहाडी क्षेत्रमा भएका कारण आगो निभाउन कठिन भइरहेको बताए। डढेलो कसरी लाग्यो भन्ने कुरा अझैसम्म स्पष्ट हुन सकेको छैन। 

आगो १७ हजार पाँच सय बासिन्दा रहेको सहर एल ओरोटाभेको छेउसम्म पुगेको थियो। आगोका कारण सो क्षेत्रबाट करिब एक सय ५० जना विस्थापित भएका छन्। सम्पत्ति कति क्षति भयो भन्नेबारेमा तथ्यांक आइसकेको छैन।

करिब दुई सय ७० अग्नि नियन्त्रक र १७ भन्दा बढी हेलिकाेप्टरबाट आगो नियन्त्रणमा लिने प्रयास भए पनि सफल हुन सकेको छैन। युरोपेली फरेस्ट फायर इन्फर्मेसन सिस्टम (इएफएफआइसी)को तथ्यांकअनुसार स्पेनमा हालसम्म सन् २०२३ मा ७३ हजार पाँच सय हेक्टर जंगलमा आगो लागेको छ। सिन्ह्वा/न्युज एजेन्सी नेपाल