१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका महेन्द्रनगर
Invalid date format ११:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेफ्टी ट्यांकीमा परेर जंगली हात्तीको मृत्यु    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महेन्द्रनगर
नयाँ पत्रिका
Invalid date format ११:५२:oo

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सेफ्टी ट्यांकीमा परेर गएराति जंगली हात्तीको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका– ७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालयपरिसरमा रहेको शौचालयको सेफ्टी ट्यांकीमा परेर एक जंगली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए । 

‘गएराति १२ बजेपछि जंगली हात्तीकाे सेफ्टी ट्यांकीमा परेर मृत्यु भएको देखिएको छ,’ उनले भने, ‘अहिले प्राविधिकसहितको टोली गएर घटनास्थलमा मुचुल्का संकलन गर्ने काम भइरहेको छ ।’  

जंगली हात्ती बथानमा आएको हुन सक्ने उल्लेख गर्दै उनले मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुन सक्ने बताए । ‘यसबारे थप अनुसन्धान भइरहेको छ,’ प्रमुख संरक्षण अधिकृत मेहताले भने, ‘विधि प्रक्रिया पुर्‍याएर हात्तीको दाहसंस्कार गर्छौँ ’