मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १२ मंगलबार
  • Tuesday, 28 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण ३१ बुधबार २१:४६:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

तेक्वान्दो विश्व च्याम्पियनसिपमा चार खेलाडी सहभागी हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण ३१ बुधबार २१:४६:००

नेपालका चार खेलाडीले काजकिस्तानमा हुने २२औँ आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्। 
१८ देखि २७ अगस्टसम्म काजकिस्तानको अस्तानामा हुने च्याम्पियनसिपमा नेपालका समान दुई पुरुष र महिला खेलाडीले खेल्नेछन्। महिला ४७ केजी तौल समूहमा रुबिका खड्का र ५२ केजीमा सुस्मिता थापाले प्रतिस्पर्धा गर्नेछन्। 

पुरुषमा पुकार केसीले ६४ केजीमुनि र अजय बुढामगरले ६८ केजी तौल समूहमा भिड्नेछन्। रुबिकाले साउनमै भारतमा सम्पन्न दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा दुई स्वर्ण पदक जितेकी थिइन्। नेपाली टोलीलाई बुधबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिदाई गरेका छन्। 

गृहमन्त्री श्रेष्ठले पछिल्लो समय नेपाली खेलकुदको विकास भइरहेको उल्लेख गरेका छन्। उनले खेलकुद विकासमा नेपाली खेलाडीको भूमिका महत्वपूर्ण रहेको बताए। श्रेष्ठले उच्च मनोबलका साथ खेल्न नेपाली खेलाडीलाई शुभकामना दिए। ‘सरकारले पनि खेलकुद विकासमा आवश्यक पर्ने काम खेलाडीहरूकै सल्लाहअनुरूप गरिरहेको छ,’ उनले भने।