मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण ३१ बुधबार १६:३१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम पूर्वाधारमा लगानी गर्नुपर्छ : निजी क्षेत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण ३१ बुधबार १६:३१:००

निजी क्षेत्रले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम मुलुकको पूर्वाधार निर्माणमा लगानी गर्नुपर्ने बताएको छ।

बुधबार काठमाडौंमा भएको अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना आबद्धता शुभारम्भ कार्यक्रममा निजी क्षेत्रबाट यस्तो धारणा आएको हो। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कोषमा जम्मा भएको रकम बैंकमा राखेर ब्याज लिने मात्रै नभएर मुलुकको पूर्वाधार विकास लगानी गर्न आवश्यक रहेको बताए।

सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई एकै बास्केटमा राखेर सबैभन्दा ठूलो कोष बनाउन आवश्यक रहेको उनको धारणा छ।

‘सामाजिक सुरक्षा कोषमा सबै निजी क्षेत्र समावेश हुनुपर्छ । त्यसका लागि नेपाल चेम्बर अफ कमर्स तयार रहेको छ। अनौपचारिक क्षेत्र र स्वरोजगार श्रमिकलाई समेट्ने भएपछि अब उद्योगी–व्यवसायीले पनि समावेश हुने मौका पाउनुपर्छ। उद्योगी–व्यवसायीले कमाएको केही अंश व्यवसायबाट बाहिरिँदा सामाजिक सुरक्षा प्राप्त गर्न पाउनुपर्छ,’ उनले भने।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले पनि कोषमा जम्मा भएको रकमलाई सही रूपमा सदुपयोग गर्न आवश्यक रहेको उल्लेख गरे। उनले मुलुकको पूर्वाधार विकास निर्माण र गौरवका आयोजनामा लगानी गरेर कोषको उद्देश्यअनुसार श्रमिकको सुरक्षा दिन सक्नुपर्ने बताए।

त्यसैगरी, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा आर्थिक रूपमा सक्रिय जनसंख्याको ६७ प्रतिशतभन्दा बढी अनौपचारिक क्षेत्रमा रहेको बताए। उनले रोजगारीमा बदलिँदो ढाँचाका कारण अनौपचारिक अर्थतन्त्र तीव्र गतिमा विकास भइरहेको भन्दै यस क्षेत्रमा रहेका श्रमिकलाई समेत कोषमा समावेश गर्नु महत्वपूर्ण रहेको उल्लेख गरे।