१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
समाचार डिजिटल संस्करण

सामाजिक सुरक्षाको दायराबाट अब कोही पनि बाहिर हुनेछैनन् : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५३:oo

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर नहुने बताएका छन्। बुधबार अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहमा उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री दाहालले विदेशिक रोजगारीमा रहेका श्रमिकहरूसमेत सामाजिक सुरक्षाको दायरामा आएका उल्लेख गरे। उनले अनौपचारिक क्षेत्रका झन्डै ४० देखि ५० लाखसम्मका श्रमिक र मजदुरलाई सामाजिक सुरक्षा कार्यक्रममा क्रमशः सहभागी गराइने बताए।

‘छोटै समयमा झन्डै तीन लाख श्रमिक यसमा आबद्ध हुनु हामी सबैका लागि खुसी र गौरवको कुरा हो। त्यसैले आजको यो शुभारम्भबाट अब नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोहीपनि बाहिर हुने छैनन् भन्ने सन्देश अवश्य पनि गएको छ। सरकारअन्तर्गत रहेका करारमा रहेका कर्मचारीलगायत सबैलाई पनि आबद्ध गर्नेतिर मेरो प्रतिबद्धता रहेको जानकारी गराउन चाहन्छु,’ उनले भने।

प्रधानमन्त्री दाहालले देशमा समाजवाद निर्माण गर्नका लागि पनि सामाजिक सुरक्षाको योजनालाई विशेष प्राथमिकताका साथ अगाडि बढाइएको बताए। कृषि, निर्माण, यातायात र घरेलु श्रमिकलगायत अनौपचारिक क्षेत्रको पक्षमा यस अभियानले गुणात्मक फड्को मार्ने उनको दाबी छ।