१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o७:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

इपिएल लिगमा अनुमान मिलाउनेलाई एनसेलको पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:२८:oo

एनसेल आजियाटा लिमिटेडले हाल सञ्चालनमा रहेको इंग्लिस प्रिमियर लिग (इपिएल) २०२३/२४ को अवसरमा ‘एनसेल इपिएल लिग’ प्रतियोगिता सुरु गरेको छ ।कम्पनीले प्रतियोगिताअन्तर्गत सहभागी ग्राहकले साप्ताहिक रूपमा र इपिएल सिजनको अन्त्यमा तीनजनाले ग्र्यान्ड प्राइज अर्थात् मुख्य पुरस्कार जित्ने योजना ल्याएको हो ।  

सहभागी एनसेल एप प्रयोगकर्ताले इपिएलका खेलहरूका आधारमा साप्ताहिक रूपमा फुटबलको नतिजाको पूर्वानुमान गर्न सक्ने जनाइएको छ । प्रतियोगितामा पहिलो पुरस्कार विजेताले वायरफ्री सेवाको नि:शुल्क डिभाइसका साथ १२ महिनासम्म प्रत्येक महिना २५० जिबी डेटा पाउने जनाइएको छ । दोस्रो पुरस्कार विजयी ग्राहकले ६ महिनासम्म नि:शुल्क वायरफ्री डिभाइसका साथ प्रत्येक महिना २५० जिबी डेटा पाउने उल्लेख छ । 

तेस्र्रो विजेताले वायरफ्री सेवाको नि:शुल्क डिभाइस र प्रतिमहिना २५० जिबी डेटा तीन महिनासम्म पाउने कम्पनीले जनाएको छ । ६ जेठसम्म चल्ने प्रतियोगितामा विजेतालाई उनीहरूको मनपर्ने टोलीको होम जर्सी र क्लबका सामान पनि प्रदान गरिने जनाइएको छ । सबैभन्दा धेरै अंक ल्याउन सफल प्रतियोगीलाई विजेता घोषित गरी साप्ताहिक पुरस्कार र मुख्य पुरस्कारहरू प्रदान गरिने कम्पनीले जनाएको छ । 

साप्ताहिक पुरस्कारमा पाँच भाग्यशाली साप्ताहिक विजेतालाई सबैभन्दा बढी प्राप्त गरेको अंकका आधारमा नौ सय ९८ रुपैयाँ पर्ने कम्बो प्याक प्रदान गरिने उल्लेख छ । यो प्याकमा ननस्टप अल नेट भ्वाइस सेवाका साथ २८ दिन प्रत्येक दिन दुई जिबी डेटा र ४०० अल नेट एसएमएस पाउने जनाइएको छ । 

पुर्वानुमान गरेको स्कोर, नतिजा वा अंक प्रतियोगीमाझ जुध्न गएमा विजेता गोला प्रथाको आधारमा छनोट गरिने जनाइएको छ । सहभागीले विजयी टोली मिलाउन सफल भएमा ३ अंक र सही गोल अर्थात् स्कोर मिलाउन सकेमा ५ अंक प्राप्त गर्ने उल्लेख छ । 

ad
ad