१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
स्पेनलाई खेलमा अग्रता दिलाउँदै साल्मा सेलेस्टे पारालुइलो । तस्बिर : एएफपी
नयाँ पत्रिका अकल्यान्ड
Invalid date format १९:३३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

स्विडेनलाई २-१ ले पन्छाउँदै स्पेनले रच्यो इतिहास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, अकल्यान्ड
नयाँ पत्रिका
Invalid date format १९:३३:oo

प्रतिस्पर्धात्मक खेलमा स्विडेनलाई २–१ ले पन्छाउँदै स्पेन महिला विश्वकप फुटबल २०२३ को फाइनलमा प्रवेश गरेको छ। स्पेन पहिलोपटक महिला विश्वकपको फाइनलमा पुगेको हो। 

न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा दुवै टिमले सुरुवातदेखि नै आक्रामक फुटबल खेले पनि गोलका लागि ८१औँ मिनेटसम्म कुर्नुपरेको थियो। ८१औँ मिनेटमा साल्मा सेलेस्टे पारालुइलोले तीन डिफेन्डरको बीचबाट बललाई जाली चुमाएपछि स्पेनले खेलमा अग्रता लिएको थियो। 

त्यो अग्रता जितका लागि भने पर्याप्त हुन सकेन। नियमित समय सकिन दुई मिनेट बाँकी हुँदा ८८औँ मिनेटमा रेबेका ब्लोमियाविस्टले लिना हुर्टिगको हेडर पासमा उत्कृष्ट फिनिसिङ गर्दै स्विडेनलाई खेलमा फर्काइन्। 

तर, त्यो खुसी लामो समय टिक्न पाएन। एक मिनेटपछि नै ओल्गा कार्मोनाले लङ रेन्जबाट गरेको सशक्त प्रहारले क्रसबारमा लाग्दै जाली चुमेपछि स्पेनले महिला विश्वकपमा इतिहास बनाएको हो। 

स्पेनले यसअघि महिला विश्वकपका सुरुवाती ६ संस्करणमा सहभागिता जनाएको थिएन। सातौँ संस्करण समूह चरणबाटै घर फर्किन बाध्य भएको स्पेनले गत संस्करणमा अन्तिम १६ सम्म पुगेको थियो। 

अब स्पेनले उपाधिका लागि आयोजक अस्ट्रेलिया र पहिलोपटक उपाधि जित्ने होडमा रहेको इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ। यी दुईबीचको सेमिफाइनल खेल भोलि हुनेछ। उपाधि भिडन्त भने आगामी आइतबार हुनेछ।