१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका मकवानपुर
२o८१ बैशाख २३ आइतबार १o:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बिरामी भर्ना शुल्क नलिन निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:५७:oo

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले आफूमातहतका सबै प्रादेशिक अस्पतालमा बिरामी भर्ना सेवा नि:शुल्क गर्न निर्देशन दिएको छ । २२ साउनको मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयले आइतबार सूचना जारी गर्दै नि:शुल्क सेवा दिन निर्देशन दिएको हो । मन्त्रालयले प्रदेशका १३ वटा प्रादेशिक अस्पतालमा शड्ढया नि:शुल्क उपलब्ध गराउन निर्देशन दिएको मन्त्री उत्तम जोशीले जानकारी दिए । उनले यो सेवा १ भदौबाट लागू हुने बताए ।

मन्त्री जोशीका अनुसार प्रादेशिक अस्पतालका क्याबिन, एनआइसियू र आइसियूबाहेक अन्य सम्पूर्ण शड्ढया नि:शुल्क हुनेछन् । प्रदेशका १३ जिल्लाका १३ प्रादेशिक अस्पतालका ८११ वटा शड्ढया नागरिकका लागि नि:शुल्क उपलब्ध हुने उनको भनाइ छ । उनले अस्पतालमा बिरामी भर्नाबाहेकका अन्य शुल्क भने सरकारले तोकेअनुसारकै लाग्ने स्पष्ट पारे ।

मन्त्रालयले १ भदौदेखि लागू हुने गरी प्रदेशभित्रका १३ वटा आयुर्वेद केन्द्रलाई पनि रिह्याबिटेसन सेवा र फिजियोथेरापी सेवा नि:शुल्क गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका सरकारी, निजी, सहकारी र सामुदायिक अस्पतालहरूलाई पनि सामाजिक सेवा एकाइ स्थापना गरी विपन्न, असहाय बिरामीको उपचारको व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

ad
ad