१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौ‌
Invalid date format १२:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपराष्ट्रपति यादव आज चीन जाँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौ‌
नयाँ पत्रिका
Invalid date format १२:१३:oo

उपराष्ट्रपति रामसहायप्रसाद यादव आज जनवादी गणतन्त्र चीनको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै छन्। 

सातौँ चीन दक्षिण एसिया प्रदर्शनी तथा २७औँ चीन (कुनमिङ) आयात–निर्यात मेलामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी चीन प्रस्थान गर्न लागेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ। 

चीनको कुनमिङमा यही साउन ३१ देखि भदौ ३ गतेसम्म उक्त प्रदर्शनी आयोजना हुँदै छ। उपराष्ट्रपति यादव आज अपराह्न १६ः२५ बजे चाइना इस्टर्न एयरलाइन्सको नियमित उडानबाट कुनमिङ प्रस्थान गर्नेछन्। 

भ्रमण दलमा उपराष्ट्रपतिकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, निजी चिकित्सक शिवाजीविक्रम सिलवाल, स्वकीय उपसचिव शत्रुधन यादव, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटा सहभागी छन्। उपराष्ट्रपति आगामी भदौ ४ गते स्वदेश फर्किने उपराष्ट्रपति कार्यालयले जनाएको छ।