१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १५:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

आयल निगमको पोखरा डिपो प्रमुखमा ठाकुर, इन्धन अपचलनमाथि अनुसन्धान जारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:२८:oo

नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गण्डकी प्रादेशिक कार्यालय, पोखराको नयाँ प्रमुखमा विवादास्पद छविका उपनिर्देशक अभिषेक ठाकुरलाई पठाउने निर्णय गरेका छन्।

निगमको पोखरा डिपो प्रमुख चित्तरञ्जन दास तेल अपचलनमा दोषी भेटिएपछि निलम्बित भएका छन्। सो ठाउँमा कार्यकारी निर्देशक थानीले ठाकुरलाई पठाउने निर्णय गराएको स्रोतले बतायो। कार्यालय प्रमुखका रूपमा ठाकुरको विगत भने सन्तोषजनक छैन।

उनी इन्धन डिपो नेपालगन्ज र बागमती प्रादेशिक कार्यालय थानकोटमा रहँदा विवाद भएपछि कार्यकाल पूरा नगरी तानिएका थिए। नेपालगन्जमा रहँदा उनीविरुद्ध कर्मचारीले रुखो र हेपाहा कार्यशैलीका कारण काम गर्न नसक्ने भन्दै उजुरी दिएका थिए। त्यस्तै, थानकोटमा भने उनी करिब चार महिना मात्रै बसेर केन्द्रीय कार्यालय तानिएका थिए।

उनी थानकोटमा रहँदा ट्यांकरचालक, पेट्रोलपम्प र ढुवानी व्यवसायीसँग बारम्बार विवाद हुने गरेको थियो जसकारण चालकहरूले डिपोमा हडताल गर्ने र उपत्यकाको इन्धन आपूर्तिमै असर पर्ने भएपछि उनलाई छोटो समयमै केन्द्रीय कार्यालयले डिपो प्रमुखबाट हटाएको थियो। 

कार्यकुशलता कमजोरीकै कारण ठाकुर बढुवामा समेत पछि पर्दै आएका छन्। उनीसँगै आयल निगमको सेवामा प्रवेश गरेका अधिकांश कर्मचारीहरू उपनिर्देशक भइसक्दा ठाकुर भने गत वर्ष मात्रै उपनिर्देशकमा बढुवा भएका हुन्।

तेल अपचलनसँगै चुहावट दर पनि उच्च भएको पोखरामा ठाकुरलाई डिपो प्रमुख बनाएर कार्यकारी निर्देशक थानीले ठूलो जोखिम मोलेको स्रोतको भनाइ छ।

निलम्बित डिपो प्रमुख दासले १२ हजार लिटरको पैसा तिरेको ट्यांकरमा १५ हजार दुई सय लिटर तेल पठाएर अपचलन गरेको पुष्टि भएपछि जिल्ला प्रशाशन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले अलग अगत छानबिन अघि बढाएका छन्। 

पोखरास्थित अख्तियार कार्यालयको सूचना अधिकारीले जीवनचन्द्र राईले जिप्रकाबाट निगमको पोखरा डिपोको इन्धन अपचलनको घटना छानबिनका लागि दर्ता भएको र आवश्यक प्रक्रिया अघि बढाएको बताए। ‘आयल निगमको तेल अपचलनसम्बन्धी घटना दर्ता भएको छ । हामी अब प्रारम्भिक अनुसन्धानमा जुट्नेछौँ र अध्ययन प्रतिवेदन आयोगमा पेस गर्नेछौँ,’ उनले भने।

जिल्ला प्रशासन कार्यालयले पनि अनुगमनबाट प्राप्त प्रमाणका आधारमा अध्ययन अघि बढाइरहेको जनाएको छ। गत बिहीबार साँझ जिप्रकाको टोलीले उजुरीका आधामा तोकिएभन्दा बढी परिमाण तेल लैजाँदै गरेको अवस्थामा ट्यांकर समातेको थियो। 

ad
ad