१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारको स्थिरतामा शंका गर्नुपर्दैन : उपप्रधानमन्त्री खड्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४o:oo

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारको स्थिरतामा शंका नगर्न आग्रह गरेका छन्। शनिबार आयोजित नेपाल टेलरिङ व्यवसायी महासंघको तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले निश्चित कार्ययोजनासहित अघि बढेकाले सरकार स्थिर रहने दाबी गरे।

व्यापार, व्यवसायमा रहेका समस्याहरूको समाधान गर्दै अघि बढ्न सरकार तयार रहेको मन्त्री खड्काको भनाइ थियो। नागरिक र देशलाई केन्द्रबिन्दुमा राखेर सरकारले काम गरिरहेको भन्दै उनले आवश्यक ठाउँमा गर्नुपर्ने सुधारका लागि सरकार सदैव तयार रहेको बताए।

‘अहिलेको अप्ठ्यारो परिस्थितिबाट मुलुकलाई माथि उठाउनको लागि मुलुकमा सुशासनको अनुभूति नागरिकलाई दिलाउन, भ्रष्टाचार, अनियमितता नियन्त्रण गर्न र मुलुकको आर्थिक अवस्थालाई माथि उठाउनका लागि सिंगो व्यवसायसँग जोडिएका संस्था व्यवसायीहरूलाई साथमा लिएर साझा उद्देश्यमा रूपान्तरण गरेर अघि बढ्ने निश्चित मार्गचित्रसहित वर्तमान सरकार अघि बढेको छ,’ मन्त्री खड्काले भने।

नेपाल राष्ट्र बैंकले ल्याएको चालू आर्थिक वर्षको मौद्रिक नीतिले व्यवसायीहरूका केही हदसम्मका समस्याहरू समाधान गरेको उपप्रधानमन्त्री खड्काको भनाइ थियो।