१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गौर हत्याकाण्डको फाइल खोल्ने सहमतिप्रति जसपाको ध्यानाकर्षण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५१:oo

गौर हत्याकाण्डको फाइल खोल्ने सहमति गरेपछि जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

शुक्रबार पत्रकार सम्मेलन गर्दै जसपाले सरकार र गौर हत्याकाण्डका पीडित पक्षबीच भएको सहमतिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

सहमतिबाट पछि नहटे जसपा अध्यक्ष उपेन्द्र यादवले  सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका थिए। अध्यक्ष यादवले बुधबार बालकुमारीस्थित पार्टी कार्यालयमा केन्द्रीय नेताहरूको आकस्मिक बैठक बोलाएर यस विषयमा छलफल गरेका थिए। 

बुधबारको बैठकले गौर हत्याकाण्डको अनुसन्धान हुँदा पार्टीको केन्द्रदेखि जिल्ला तहसम्मका नेता तानिने भएकाले सहमति जसपालाई फसाउने हिसाबले आएको आन्तरिक निष्कर्ष निकालेको थियो।