१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार २o:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अख्तियारका प्रमुख आयुक्त राई र ग्लोबल एन्टी करप्सनका संयोजकबीच छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार २o:३२:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र अमेरिकी सरकारको ‘ग्लोबल एन्टी करप्सन’का संयोजकबीच बिहीबार भेटवार्ता भएको छ। 

आयोगको कार्यालय टंगालमा भएको भेटमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी अभियानमा अमेरिका र नेपालबीच हुन सक्ने सहयोग, समन्वय र सहकार्यका विषयमा छलफल भएको छ। 

भ्रष्टाचारसम्बन्धी अन्तर्राष्ट्रिय सूचना आदानप्रदानका विषयमा छलफल भएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए। उक्त अवसरमा प्रमुख आयुक्त राईले आयोगको बारेमा संक्षिप्त जानकारी गराएका थिए।

ad
ad