१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण २४ बुधबार १२:०७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स सुपर ३० म्युचुअल फन्ड सूचीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण २४ बुधबार १२:०७:००

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक रहेको सिटिजन्स सुपर ३० म्युचुअल फन्ड नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन भइरहेको उक्त बन्दमुखी योजनाको सात करोड ५० लाख ७२ हजार तीन सय ९० इकाइ सूचीकृत भएको हो । 

सूचीकरणसम्बन्धी कार्यक्रम नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठलगायतका पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको जनाइएको छ । उक्त म्युचुअल फन्ड योजनाको बुधबारदेखि दोस्रो बजारमा कारोबार हुने क्यापिटलले जनाएको छ ।