१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २४ बुधबार
  • Friday, 09 May, 2025
सौरभ यादव काठमाडाैं
२o८o श्रावण २४ बुधबार ११:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गौर हत्याकाण्ड छानबिन गर्ने सरकारकाे निर्णयपछि जसपाले बाेलायाे आकस्मिक बैठक 

Read Time : < 1 मिनेट
सौरभ यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण २४ बुधबार ११:५३:oo

सरकारले गौर हत्याकाण्डको छानबिन गर्ने भएपछि जनता समाजवादी पार्टी नेपालले आकस्मिक रूपमा कार्यकारिणी समितिको बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरमामा आकस्मिक रूपमा बोलाइएको सो कार्यकारिणी समितिको बैठकले गौर हत्याकाण्ड छानबिन गर्ने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले समिति बनाउने विषयमा छलफल हुनेछ।

‘प्रधानमन्त्रीले गौर हत्याकाण्डबारे छानबिन समिति बनाउन सहमति जनाएपछि त्यसबाट उत्पन्न परिस्थितिबारे आजको बैठकमा छलफल हुनेछ, सो छलफलपछि पार्टीले आफ्नो धारणा सार्वजनिक गर्नेछ,’ एक नेताले भने। 

हिजो सरकार र गौर हत्याकाण्डपीडित संघर्ष समितिबीचमा सहमति भएको थियो।