१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २२ सोमबार
  • Sunday, 11 May, 2025
२o८o श्रावण २२ सोमबार १२:१९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई पेबाट बुद्ध एयरको टिकट किन्दा चन्द्रागिरि केबलकारको कुपन पाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २२ सोमबार १२:१९:oo

बुद्ध एयरको वेबसाइट तथा एपमार्फत टिकट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न मिल्ने भएको छ । आइएमई पे र बुद्ध एयरका प्रतिनिधिले यससम्बन्धी सम्झौता गरी सेवा सुरु गरेका हुन् ।  सम्झौताअनुसार यात्रुहरूले टिकट खरिद गर्ने क्रममा आइएमई पे छनोट गरी सजिलै पैसा तिर्न सक्ने जनाइएको छ ।

साथै, प्रत्येक भुक्तानीमा चन्द्रागिरि केबलकारको निःशुल्क कुपन पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले आइएमई पेले ग्राहकको सुविधाका लागि सुरक्षित तथा नवप्रवद्र्धित सेवाका माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको बताए ।

आफ्ना प्रयोगकर्ताको हवाई यात्राको अनुभवलाई थप सहज तथा सहुलियतपूर्ण बनाउने उद्देश्यले यो सम्झौता गरिएको उनको भनाइ थियो । आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टमार्फत विभिन्न किसिमका भुक्तानी कार्य गर्न सक्ने जनाइएको छ । यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर स्क्यान गरी भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवासमेत प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ ।