१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
रासस काठमाडौं
२०८० श्रावण २१ आइतबार १५:१२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

टोखाभित्र सार्वजनिक स्थलमा धूम्रपान गरे कारबाही

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
२०८० श्रावण २१ आइतबार १५:१२:००

टोखा नगरपालिकाले सार्वजनिक स्थलमा धूम्रपान गरे कारबाही गर्ने भएको छ। टोखाले सुर्तीजन्य पदार्थ (नियमन तथा नियन्त्रण) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित)मा भएको व्यवस्थाबमोजिम सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिक स्थलबाट एक सय मिटर वरपरको क्षेत्रभित्र सूर्तीजन्य पदार्थको बिक्री–वितरण गरेमा कानुनबमोजिम कारबाही हुने जानकारी दिए।

सो नगरपालिकाले गत हप्ता मात्रै नगरभित्रका सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति लिएर सार्वजनिक जग्गा संरक्षणमा जुटेको छ। काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने टोखामा ११ वडा रहेका छन्।