Skip This
घरधनीलाई करकाे दायरामा ल्याउन लगत संकलन 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २१ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका म्याग्दी
२o८o श्रावण २१ आइतबार १२:४१:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

घरधनीलाई करकाे दायरामा ल्याउन लगत संकलन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
नयाँ पत्रिका
२o८o श्रावण २१ आइतबार १२:४१:oo

म्याग्दीको बेनी नगरपालिकाले घरजग्गा भाडामा लगाएकाको लगत संकलन गर्न थालेको छ।

घरधनीलाई करको दायरामा ल्याउन नगरपालिका क्षेत्रमा निजी स्वामित्वमा रहेको घर तथा जग्गा भाडामा लगाएकाहरूको विवरण संकलन गर्न थालेको हो।

नगरपालिकाका कर अधिकृत प्रभा शर्माले आगामी भदौ २१ गतेभित्र वडा कार्यालयमा घर तथा जग्गा भाडामा लगाएको विवरण दाखिला गरी लगत कायम गर्न ३५ दिने सूचना जारी गरिएको बताए। 

यसअघिका वर्षमा बेनीका घरधनीले घरबहाल कर स्वेच्छिक रूपमा तिर्दै आएका थिए। नयाँ आर्थिक वर्षदेखि घरबहाल करलाई अनिवार्य गरिएको कर अधिकृत शर्माले बर्ता। 

स्वेच्छिक रूपमा घरबहाल कर बुझाउने घरधनी न्यून भएपछि धेरैलाई समेट्न नगर सभाबाट ऐन संशोधन र घरधनीको वर्गीकरण गरिएको हो।

संघसंस्था र कार्यालय प्रयोजनका लागि घरभाडामा लगाउनेले १० प्रतिशत, व्यावसायिक प्रयोजनको चार प्रतिशत र आवासीय प्रयोजनको दुई प्रतिशतको दरले बहाल कर तोकिएको छ । यसअघि सबैलाई १० प्रतिशतका दरले घरबहाल कर तोकिएको थियो।

बैंक, वित्तीय संस्था, सहकारी, कार्यालय, संघसंस्थालाई घरभाडामा दिएका, वैदेशिक रोजगारी र आम्दानीको स्रोत प्रमाणित गर्ने प्रयोजनका क्रममा मात्र घरबहाल कर तिर्ने गरेका थिए । गत वर्ष घरबहाल शीर्षकमा नगरपालिकाले रु. ३० लाख ३५ हजार राजस्व संकलन गरेको थियो।

नयाँ आर्थिक वर्षमा यो शीर्षकमा रु. ५५ लाख आम्दानी गर्ने लक्ष्य राखेको छ। घरबहाल कर नगरपालिकाले प्रदेश र संघीय सरकारसँग बाँडफाँट गर्नु नपर्ने आम्दानीको स्रोत हो। जिल्ला सदरमुकामसमेत रहेको बेनीबजार, गलेश्वर र तातोपानी क्षेत्रमा घरभाडामा लगाउने गरेका छन्।

घरबहाल कर तिर्ने नगरवासीको संख्या न्यून छ। मन्दिर, समिति, विद्यालय र संघसंस्थाले पनि घर तथा सटर भाडामा लगाएका छन्। तर, बाध्यता परेको अवस्थामा मात्र घरबहाल कर तिर्ने गरेका छन्। घरधनीले तिर्नुपर्ने बहाल कर आफूहरूको थाप्लोमा पारेको व्यवसायीको गुनासो छ।

तस्बिर : नवीन प्रसाईं