१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १९:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

डुंगा पल्टिँदा सातको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १९:o७:oo

पाकिस्तानको सतलज नदीमा थाली जमाल ओकारानजिकै डुंगा पल्टिँदा महिला र बालबालिकासहित सातजनाको मृत्यु भएको छ  । एआरवाई न्युजले स्रोतलाई उद्धृत गर्दै सोबारे जानकारी दिएको छ । 

स्रोतका अनुसार डुंगा अत्यधिक भारका कारण पल्टिएको हो । डुंगामा ५० भन्दा बढी मानिस सवार थिए । नदीबाट सातजनाको शव निकालियो भने धेरै यात्रुले ज्यान जोगाउन सफल भएका थिए ।

पञ्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले सम्बन्धित अधिकारीहरूलाई उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । यसअघि उमरकोट जिल्लाको धोरो नारोनजिक कलंकर तालमा डुंगा पल्टिँदा कम्तीमा ६ जनाको मृत्यु भएको एआरवाई न्युजले जनाएको छ ।

यसैगरी, सेहर फकिर दरबारमा श्रद्धाञ्जली अर्पण गर्न दशजना चढेको डुंगा पल्टिँदा ६ जनाको डुबेर मृत्यु भएको हो । घटनास्थलमा प्रहरी र उद्धार टोलीले पोखरीबाट तीन बालबालिकाको शव निकालेको छ । अन्धकारका कारण उक्त क्षेत्रमा उद्धार कार्य रोकिएको र बेपत्ता भएका तीनजनाको खोजीका लागि बिहान पुनः सुरु गरिने एआरवाई न्युजले जनाएको छ । (रासस)

ad
ad