१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:o५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरले छुटेकालाई कोभिडको खोप अभियान सञ्चालन गर्दै  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:o५:oo

काठमाडौं महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड– १९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । उक्त अभियान यसअघि कुनै पनि मात्रा नलगाएका र मात्रा पूरा गर्नेका लागि सञ्चालन गर्न लागिएको हो । कामपाका नौवटा वडामध्ये वडा नम्बर ६, ११, १४, १७ र ३१, मा साउन २१ र २२ गते दुई दिन कार्यक्रम चलाइनेछ ।

यसैगरी वडा नम्बर १२, १५, १९ र ३२ वडामा साउन २३ र २४ गते दुई दिन कार्यक्रम चलाइने तयारी रहेको कामपा स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए ।

खोप कार्यक्रममा १२ वर्षमाथि उमेर समूहका व्यक्तिलाई समावेश गरिने प्रमुख पौडेलले बताए । उनले भने, ‘बिरामी परेर शिथिल भएपछि मात्र उपचारका लागि जाने विद्यमान परिपाटीको अन्त्य गर्दै सम्भावित स्वास्थ्य जोखिम आकलन गरेर नागरिकको बचावटका लागि खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।’

अहिले कोभिडको संक्रमणबारे मानिसले खासै कुरा गरेका छैनन् । अस्पतालमा कोभिडकै कारण निमोनिया भएका बिरामी आउने गरेका छन् । उनीहरूको उपचार आइसियूमा राखेर भइरहेको पौडेलले जानकारी दिए  ।

पटकपटक सञ्चालन गरिएको अभियानमा पनि केही नागरिकले पहिलो मात्रासमेत खोप नलगाएको पाइएपछि कामपाले पुनः खोप कार्यक्रम सञ्चालन गर्न लागेको हो । केही वाडमा मात्र उक्त कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको भए पनि क्रमिक रूपमा अन्य वडामा पनि उक्त कार्यक्रम सञ्चालन गरिनेछ । यस कार्यक्रमले पहिलो मात्रा लगाउनकै लागि छुटेकालाई समेट्ने र दोस्रो, तेस्रो र चौथो मात्रा नलगाउनेका लागि सहज हुनेछ ।  

अहिलेसम्म ९० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने दोस्रो मात्रा लगाउने ८८ प्रतिशत, तेस्रो मात्रा ४३ प्रतिशत र चौथो मात्रा लगाउने ६ प्रतिशत रहेको खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए । उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन साउन १८ र १९ गते स्वास्थ्य स्वयंसेविका अभिमुखीकरण र २० गते शनिबार खोप सञ्चालन हुनेछ ।