१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १९:४६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

महिला विश्वकपको समूह चरणबाटै बाहिरियो ब्राजिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४६:oo

उपाधि दाबेदार मानिएको ब्राजिल फिफा महिला विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। समूह चरणको अन्तिम खेलमा जमैकासँग अप्रत्यासित रूपमा बराबरीमा रोकिएपछि ब्राजिलको विश्वकप यात्रा टुंगिएको हो। 

अस्ट्रेलियाको मेलबर्न स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा ब्राजिललाई स्पष्ट जितको आवश्यकता थियो। तर, बराबरीले ब्राजिललाई घर पठाउँदा जमैकालाई भने नकआउट चरणमा पुर्‍यायो। जमैका पहिलोपटक महिला विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो। 

बराबरीपछि जमैकाले तीन खेलबाट पाँच अंक हासिल गर्यो भने ब्राजिल एक जित, एक बराबरी र एक हारका कारण चार अंक मात्र बनाउन सक्यो। समूह ‘एफ’बाट फ्रान्स सात अंकसहित पहिलो स्थानमा रहँदै नकआउटमा पुगिसकेको छ।