मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o श्रावण १६ मंगलबार
  • Thursday, 27 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १६ मंगलबार १८:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुन तस्करी प्रकरण छानबिनका लागि छुट्टै समिति गठन गर्नुपर्छ : प्रदीप पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १६ मंगलबार १८:५o:oo

सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पछिल्लो सुन तस्करी प्रकरण छानबिनका लागि छुट्टै छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।

प्रमुख प्रतिपक्ष दल एमालेले सो प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारलाई दबाब दिइरहेका वेला कांग्रेस सांसदले पनि सो आवश्यकता औँल्याएका हुन्। मंगलबार संघीय संसद् भवनपरिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘संसदमा छलफल हुनुपर्छ। छानबिन समिति बनाउनुपर्छ। त्यसको टेक्निकल कुरा पनि बुझेका मान्छेहरू राखेर छानबिन समिति बनाउनुपर्छ। छानबिन समिति निष्पक्ष हुनुपर्छ।’

सांसद पौडेलले सो प्रकरण छानबिनको विषयलाई सरकारले गम्भीरतापूर्वक नलिएको आरोप लगाउँदै संसद्ले कडा निगरानी राख्नुपर्ने बताए।