मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o श्रावण १६ मंगलबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १६ मंगलबार १४:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेले सदन चल्न दिने, गृहमन्त्रीको जवाफ सुन्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १६ मंगलबार १४:oo:oo

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदन चल्न दिने भएको छ। 

सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोगको माग गर्दै प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको एमालेले सदन चल्न दिने र गृहमन्त्रीको जवाफ सुन्ने भएको हो। 

मंगलबार एमालेका सचेतक महेश बर्तौलाले आफ्नो उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै विरोध जारी राख्ने बताए। बर्तौलाले भने, ‘पहिला सदन चल्न दिन्छौँ। आफ्नो कुरा पनि राख्छौँ। गृहमन्त्रीको जवाफ सुन्छौँ। छानबिन समिति बनाउने कुरा नआएमा फेरि सदन अवरोध जारी रहन्छ।’

एमालेले सुन तस्करी प्रकरणमा मन्त्री र प्रधानमन्त्रीकै संलग्नता रहेकाे आराेप लगाएकाे छ।