१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १५ सोमबार
  • Friday, 09 May, 2025
२o८o श्रावण १५ सोमबार २o:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँच वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेर फरार अभियुक्त २० वर्षपछि पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १५ सोमबार २o:o२:oo

पाँच वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेर फरार रहेका हेटौँडा उपमहानगरपालिका– ११ सिमलटारका सोमबहादुर राई २० वर्षपछि पक्राउ परेका छन्। 

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट खटिएको प्रहरी टोलीले उनलाई ललितपुरको गोदावरीबाट पक्राउ गरेको हो। मकवानपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी राईमाथि अनुसन्धान अगाडि बढाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक रेग्मीले नयाँ पत्रिकालाई जानकारी दिए।

राईले १८ असोज ०६० मा हेटौँडा– ११ सिमलटारका प्रेमबहादुर थापा क्षेत्रीकी पाँच वर्षकी छोरी नाबालिकाको बलात्कारपछि हत्या गरेका थिए। उनले हेटौँडा– १० मा पर्ने राप्ती खोलाको पानीमा ढुंगाले च्यापेर बालिकाको हत्या गरेको प्रहरीको दाबी छ। 

प्रहरीले घटनाको भोलिपल्ट १९ असोजमा बालिकाको शव राप्ती खोलाको पानीमा ढुंगाले च्यापिएकै अवस्थामा फेला पारेको थियो। घटनापछि फरार राईलाई प्रहरीले खोजी सूचीमा राखेको थियो।