मोरङमा एक युवा कटुवा पेस्तोलसहित पक्राउ परेका छन्। पथरी शनिश्चरे नगरपालिका– ३ का ३२ वर्षीय राजकुमार तुम्बाफो एक थान कटुवा पेस्तोलसहित आइतबार साँझ पक्राउ परेका हुन्।
विशेष सूचनाका आधारमा आफ्नै घरबाट पेस्तोलसहित पक्राउ परेका तुम्बाफोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, झापामा लागुऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन्। ब्राउनसुगर बिक्री गरेको आरोपमा दमक नगरपालिका– ५ को एक घरबाट कमल गाउँपालिका– ४ का ३५ वर्षीय सुमन श्रेष्ठ, गौरादह घर भई दमक नगरपालिका– ५ मा बस्ने २७ वर्षीय सरोज सुब्बा र सरोजकै श्रीमती ३२ वर्षीया मीना राईलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूबाट आठ ग्राम लागुऔषध ब्राउनसुगर र तीन थान मोबाइल बरामद भएको इलाका प्रहरी दमकले जनाएको छ।
प्रहरीका अनुसार झापाको मेचीनगर नगरपालिका– ६ मेची पुलछेउबाट बिर्तामोड नगरपालिका– ४ का २० वर्षीय महमताज अली पनि दुई ग्राम ब्राउनसुगरसहित आइतबार साँझ पक्राउ परेका छन्।