१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०८० श्रावण १४ आइतबार ०५:५२:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चल्न थाल्यो १०६ वर्ष पुरानो दमकल 

Read Time : < 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०८० श्रावण १४ आइतबार ०५:५२:००

३८ वर्षदेखि थन्किएको दमकल मर्मत, ‘सात तलामाथिसम्म फाल्न सक्छ पानी’

ललितपुर महानगरपालिकाले ०४२ देखि बिग्रिएर थन्किएको १०६ वर्ष पुरानो दमकल मर्मत गरेर पुनः सञ्चालनमा ल्याएको छ । शनिबार पुल्चोकमा उक्त दमकलको परीक्षण गरियो । मेयर चिरिबाबु महर्जन दमकलले पानी छ्यापेको हेर्न पुगेका थिए ।

पुरानो जीर्ण अवस्थामा पुगेको उक्त दमकलले सात तलामाथिसम्म पानी फाल्न सक्ने मेयर महर्जनले बताए । दमकल ललितपुर महानगरभित्र विपत्जन्य कार्यमा प्रयोग गरिने उनको भनाइ छ । ‘निकै पुरानो भएर थन्किएको थियो, तर यसका पार्टपुर्जा निकै राम्रा रहेछन्, मर्मतपछि सञ्चालनमा ल्यायौँ,’ मेयर महर्जनले भने, ‘अब हामीलाई विपतमा प्रयोग गर्न अर्को उपकरण थपिएको छ ।’ 

डेनिस कम्पनीको यो दमकल बेलायत सरकारले तत्कालीन बागमती अञ्चलाधीश कार्यालयलाई नि:शुल्क उपलब्ध गराएको थियो । तर, ०४२ यता महानगरको जुद्ध वारुण यन्त्रको कार्यालय पुल्चोकमा थन्किएको थियो । आफूले बाल्यकालदेखि नै सो दमकल देखेको र प्राविधिकले मर्मत–सम्भार गर्न सक्ने बताएपछि मर्मत गरिएको मेयर महर्जनले बताए ।