१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
अमुल थापा नयाँ पत्रिका
Invalid date format o६:२५:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

महानगर प्रहरीको ‘जेब्राक्रस’ : बाटो काट्न न अकासे पुल चढे, न जेब्राक्रस रोजे

Read Time : < 1 मिनेट
अमुल थापा, नयाँ पत्रिका
नयाँ पत्रिका
Invalid date format o६:२५:oo

होर्डिङ बोर्ड र यातायातका टिकट काउन्टर हटाएर कानुनको पालना गर्न भन्दै माइकिङ गर्दै हिँडेको काठमाडौं महानगरपालिकाको प्रहरी कोटेश्वरमा आफैँ भने ट्राफिक नियम मिचेर ‘रिङरोड’ काट्दै । मोबाइलमा गफिँदै उनीहरूले बिन्दास पाराले अकासे पुलको छेवैबाट सडक पार गरे ।

त्यहाँबाट करिब दुई सय मिटर उत्तरतिर कोटेश्वरचोकमा जेब्राक्रस पनि छ । तर, महानगरका प्रहरीले बाटो काट्न न अकासे पुल चढे, न जेब्राक्रस रोजे । महानगरवासीलाई नियम पालना गराउन हिँडेका उनीहरूको ‘मनमौजी’ शैली अकासे पुल हुँदै बाटो काटिरहेका बटुवाले पनि पुलमै रोकिएर हेरे ।