१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४७:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ।

अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

अध्यागमन विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सेडाईंका अनुसार सर्भर डाउन भए पनि ‘मेनुअल’ रूपमा अन्तर्राष्ट्रिय यात्रु व्यवस्थापन भइरहेको छ। अहिले सर्भर मर्मतको काम पनि भइरहेको छ।

‘अध्यागनको सर्भर डाउन भएकाले मेनुअल रूपमा यात्रु व्यवस्थापन गरी सेवालाई निरन्तरता दिइएको छ,’ प्रमुख सेडाईंले भने। 

विमानस्थल कार्यालयले पनि अध्यागमनको सर्भर डाउनले अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको र  मेनुअल रूपमा उडान सेवालाई निरन्तरता दिइएको जनाएको छ। रासस